Duration 4:12

आमा कविता | aama kabita | Ft.Nawaraj Bhandari | शार्दूलविक्रीडित छन्द | [shardulvikridit chhand] |

4 088 watched
0
91
Published 11 May 2021

प्रस्तुत भिडियो आमा कविताको आधिकारिक शब्दसहितको भिडियो हो। lyrics/शब्द: माता वा जननी धरा र धरणी आमा मुमा हुन् सुन ज्ञानी विज्ञ इमान साथ रहने सन्तान यी सज्जन आमाको ममता भुल्यो यदि भने सिद्धिन्छ रे त्यो जन खोज्दै हिँड्छ कता कता भुवनमा मातृत्व भेट्टाउन।।१ धर्तीको पृय पात्र बन्दछ भने पायो सधैँ दर्शन खोला भेल नदी तथा जलधिमा सक्नेछ त्यो पौडन आमा काख समान लाख नहुने यो उक्तिको चुम्बन माया वा ममता र प्रेम गहना सत्कर्म पछ्याउन।।२ आफैँ छौ कति नीद भित्र शठ झैँ आमा नचिन्ने जन आमाको फरिया लुछेर ननिको त्यो मूर्ख बन्ने किन खोटी बन्न हुँदैन सन्तति अहो सम्झेर अर्थ्याउन ज्यादा धैर्य र शान्त सम्यम हुने आमाहरूको गुण।।३ तिम्रो काख भएर पो मनपरी गर्दै बसेको छु म आमा देख्न नपाउदा विरहले सन्तान रोए किन आमा भित्र विराम रोग अहिले दुःखी भएको मन सारा सन्तति आज नित्य घरमा यो भेलमा उम्कन।।४ आमाको बदनाम गर्दिन म ता चर्का महा भाषण केही लेख्न भनेर आज उभिएँ सम्झेर तिम्रो मन हाम्रो पौरख हेर्न पर्दछ भने आमा यहाँ अोर्लन टाढाबाट हटून् अनिष्ट जति छन् भागून् सबै दुर्दिन।।५ आमाका मनको सुवास जनमा ॐ शान्तिले छर्कन साँच्चै नैतिकवान सभ्य बनिऊन् सन्तान यी हर्दम तिम्रा सन्तति जीव जन्तु सबका छन् स्नेहका वर्णन आमा हौ धरती अगाध ममता खोज्छ्यौ मलाई दिन।।६ poet:jiwan hari sharma recitation:nawaraj bhandari chhanda:shardulvikridit कवि:जीवन हरि शर्मा वाचन:नवराज भण्डारी छन्द:शार्दूलविक्रीडित Video by RODNAE Productions from Pexels Video by MART PRODUCTION from Pexels Video by Artem Podrez from Pexels Video by Tima Miroshnichenko from Pexels Video by Yan Krukov from Pexels Video by Jep Gambardella from Pexels Video by Jep Gambardella from Pexels Video by Taryn Elliott from Pexels Video by Max Vakhtbovych from Pexels Video by Avalon Royce from Pexels Video by Yaroslav Shuraev from Pexels Video by Kampus Production from Pexels #chhanda​ #छन्द​ #shardulvikridit

Category

Show more

Comments - 13