Duration 7:53

निशासंगै उद्घोषण गर्ने बुटवलका ६ बर्षिय क्रिजनले सवैलाइ चकित पारे ।

1 061 118 watched
0
5.2 K
Published 16 Jan 2017

निशासंगै उद्घोषण गर्ने बुटवलका ६ बर्षिय क्रिजनले सवैलाइ चकित पारे । अभिनेत्री निशा अधिकारीले उद्घोषण गरिरहेको बेला ६ बर्षिय वालक स्टेजमा पुग्छन । बडिगार्ड सहित स्टेजमा चढेका वालकसंग निशाले कुराकानि गर्दै तपाइ यहाँ किन आउनु भएको भनेर प्रश्न गर्छिन । म जुन कार्यक्रममा जान्छु त्यो कार्यक्रमको सचालन आफै गर्छु’- वालकले जवाफ दिन्छन । निशा स्टेजबाट बाहिरिन्छिन अनि वालकले कार्यक्रम संचालन गर्छन । तपाइलाइ लाग्न सक्छ यो कुनै फिल्मको दृष्य हो । दृष्य फिल्मी स्टाइलको भएपनि ६ बर्षिय वालकको प्रस्तुति भने वास्तविक हो । बुटवलमा माघ १ गते सम्पन्न भएको एकल नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्पियनसीप’मा सहभागिहरुलाइ (जुनियर तर्फ ) प्रस्तुत गर्न स्टेज चढेका क्रिजन गौतमले सवैलाइ चकित पारे । उनको उद्घोण शैलि देखेर दर्शक मात्र होइन भारतको मुम्वईवाट निर्णायकको रुपमा आएका चर्चित नृत्य प्रशिक्षक टेरेन्स लुईस समेत प्रभावित भए । प्रतियोगितको विजेतालाइ मुम्वइमा प्रशिक्षणको लागि लैजाने घोषणा गरेका लुइसले क्रिजनको प्रतिभाबाट प्रभावित भएर १ महिना निशुल्क प्रशिक्षणकोलागि मुम्वइ लैजाने घोषणा गरे । कार्यक्रमको उद्घोषण गर्न आएकी अभिनेत्रीले निशाले समेत उनको खुलेर प्रशंसा गरिन । आफ्नो उद्घोषण कला प्रस्तुति पछि क्रिजनले नृत्य पनि प्रस्तुत गरे । उनको उद्घोषण र नृत्य हेरिसके पछि दर्शकहरु भन्दै थिय- यो कान्छाले भविश्यमा तहल्का मच्चाउँछ । गणपति मिष्ठान बुटवलका संचालक, युवा ब्यवशायी किशोर गौतम र निशा गौतमका सुपुत्र हुन क्रिजन गौतम । उनि अहिले ६ वर्षका भए । सानै देखि नृत्यमा रुचि राख्ने क्रिजन एपेक्स स्कुल शंकर नगरमा अध्यन गर्छन । विद्यालयमा नृत्य प्रस्तुत गरेर चर्चामा आइरहेन उनलाइ किशोरले एक दिन साथिको छोराको भातखुवाइमा लगे । अत्यन्त फुर्तिलो स्वभावका क्रिजनले त्यहाँ नृत्य र अभिनय गरेर सवैलाइ चकित पारेको किशोर सम्झन्छन । उक्त कार्यक्रममा रहेका एक नृत्य निर्देशकले क्रिजनलाइ वागेश्वरी संगितालयमा नृत्य प्रशिक्षणको लागि पठाउन सुझाव दिए र किशोरले पनि त्यसै गरे । यसरी सुरु भयो क्रिजनको नृत्य यात्रा । उनि नृत्यमा मात्र होइन उद्घोषण र अभिनयमा समेत अब्वल छन । बागेश्वरी संगीतालय बुटलका प्रिन्सिपल सुरेश सेन्चुरीले क्रिजनमा राम्रो क्षमता भएको बताउँछन । ‘कोही नाच्न जानेका हुन्छन बोल्न जान्दैनन्’- सेन्चुरीले सुनाए –’क्रिजनमा बहुप्रतिभा छ ।’ सोही प्रतिभाको कारण ‘अल नेपाल डान्स च्याम्पियनसीप’का निर्णाय विजु पार्कि लगाएतको टिमले कार्यक्रमको फाइनलमा क्रिजनलाइ उद्घोषकको रुपमा स्टेजमा उतार्ने निर्णय गरे । प्रतियोगिताको टप १४ सम्म पुग्न सफल क्रिजनले आयोजकले गरेको निर्णय स्विकार गर्दै कुशल ढङगले कार्यक्रम संचालन गरे । उनि यि विधामामात्र नभएर पढाइमा पनि राम्रो रहेको उनका वुवा किशोर गौतम बताउँछन । क्रिजनले बुटवलमा हुने विभिन्न कार्यक्रमहरुमा पनि आफ्नो नृत्य प्रस्तत गर्दै आएका छन भने सत्य साइकला केन्द्रले सम्मपन्न गरेको प्रिन्सप्रिन्सेस कार्यक्रममा भ्युवर च्वाइसको अवार्ड थापि सकेका छन् । क्रिजनको प्रस्तुति हेरपछि निर्णायकको रुपमा बुटवल आएका टेरेन्स लुइसले खुलेर प्रशंसा गरे । उनले भने- ‘क्रिजन तिमीमा महान कलाकारको आत्माले वास गरेको छ भविश्यमा सुपर स्टार बन्न सक्छौ ।’ लुइसले उनको कलाबाट प्रभावित भएर भारतको मुम्वइ स्थित आफ्नो प्रशिक्षण केन्द्रमा १ महिना निशुल्क प्रशिण दिने बताएको किशोर गौतमले जानकारी दिए । उनले भने –’वावुको स्कुलका सरहरुले पनि क्रिजनलाइ यो क्षेत्रमा अघि बढाउनु पर्छ भनेर सुझाव दिनु भएको छ उसलाइ मुम्वइमा प्रशिक्षणको लागि लैजादै छु ।

Category

Show more

Comments - 124