Duration 2:30

रौतहटमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या - NEWS24 TV

5 921 watched
0
179
Published 27 Sep 2020

रौतहटमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ । देबाही–गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलियाकी जगरनिया देवीको हत्या गरिएको हो आक्रमणमा परी उनका श्रीमान महेश तवारी गम्भीर घाइते भएका छन् । उनको वीरगन्ज स्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । शुक्रवार घर आगाडी बसी रहेका तिवारीलाई छिमेकीले मार्ने धम्की दिएपछि उनले इलाका प्रहरी कार्यालय कटहरियामा खबर गरेको थिए । तर प्रहरी आइपुग्नु भन्दा पहिलो नै उनीहरुमाथि आक्रमण भएको थियो । दम्पतीलाई स्थानीय प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित अन्य चार जनाले धारीलो हतियार प्रहार गरेको स्थानीयले बताएका छन् । घटनामा सम्लग्न अक्षेलाल मुखिया, कविन्द्र मुखिया र वली मुखियालाई प्रहरीले पक्राउ गरेका छ । घटनामा संलग्न विजय मुखिया र रामवली मुखियाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले दम्पतीमाथि आक्रमण गर्दा स्थानीयसंगै भए पनि हतियारको डरले प्रतिकार गर्न नसकेको बताएका छन् । श्रीमानमाथि आक्रमण भएपछि बचाउँन गएकी श्रीमतीको टाउको र अनुहारमा खुकुरी प्रहार गरिएको थियो । घाइते श्रीमान भने भागेर छिमेकीको घरमा लुकेका थिए । घाइते दुवै जनालाई उपचारको लागि लिएकोमा श्रीमतीको मृत्यु भएको हो । बाटो निकासको विषयमा भएको विवादलाई लिएर घटना भएको रौतहट प्रहरीले जनाएको छ । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 12