Duration 57:45

ओलीको भलग्यारिटी बढि भयो ।अर्का पक्षसँग दिशाबोध नै छैन महत्वकाँक्षा मात्र छ । - लेखक/विश्लेषक

6 889 watched
0
112
Published 18 Mar 2021

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते हठात् प्रतिनिधि सभा विघटन गरेपछि राजनीतिक उथलपुथल भएको छ । दुई महिनापछि सर्बोच्च अदातलले प्रतिनिधिसभा विघटनलाई बदर त गरिदिएको छ, तर त्यसपछिको राजनीतिका गन्तव्य अब के भन्ने स्पष्ट भएको छैन । प्रतिनिधिसभा सुरु भएपनि कुनै बिजनेस नभएर निरन्तर स्थगित भइरहेको छ । नाम सम्बन्धि विवादमा परेको मुद्दाको फैसलाका कारण सबै भन्दा ठूलो दल नेकपा एकिकरण अघिकै फरक फरक पार्टी एमाले र माओवादी केन्द्रमा रुपान्तरित भएको छ । पुरानै थान्कामा पुगेको एमाले चांही करिब विभाजनको संघारमा छ । यी सबै घटनाक्रम हेर्दा अब संसद चलेपनि यो सत्ता खिचातानीको थलो बन्ने स्थिति छ । त्यसैले राजनीतिक बृत्तमा भित्रि रुपमा मुलुकलाई फेरी चुनावमै लैजाने प्रयास भइरहेको चर्चा पनि चल्दैछ । तत्कालिन घटनाक्रम अनुसारका राजनीतिक संभावनाहरु विभिन्न खालका भए पनि समग्रमा मुलुक फेरी राजनीतिक अस्थिरताको दुस्चक्रमा फसेको छ । वास्तवमा अहिलेको राजनीतिक अस्थिरताको कारण के हो ? अथवा को हो ? काग्रेस कम्यूनिष्ट दुबै धारका नेताहरु किन जनमुखी बन्न सकिरहेका छैनन् अथवा ठूलो राजनीतिक परिवर्तनपछि पनि राजनीतिक नेता र दलका प्रबृत्तिहरु किन परिवर्तन भइरहेका छैनन् ? यस्तै प्रश्नहरुमा केन्द्र रहेर अहिलेको राजनीतिक अवस्थाबारे विश्लेषण गर्न आज मैले तीन जना लेखक÷ विश्लेषकलाई निम्त्याएको छु । जो अहिलेको परिस्थितिको आंकलन पहिले देखि नै गर्दै आएका थिए ।आज मसंग हुनुहुन्छ, लेखक÷विश्लेषकहरु नारायण ढकाल, सरिता तिवारी र गेजा शर्मा वाग्ले ।आउनुहोस् स्वागत गरौ आजका मेरा तिनै जना अतिथीहरुलाई । TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012) Produced by Interface Nepal Network- Media for Arts and Rights. www.interfacenepal.com #TOUGHtalk #DilBhusanPathak #PoliticalAnalysis Follow us for regular updates in: Facebook: https://www.facebook.com/ToughTalk/ Twitter: https://twitter.com/DilBhusanPathak Instagram: https://www.instagram.com/dil_bhusan_pathak/ Youtube: /user/toughtalk1 Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes Instagram: https://www.instagram.com/dil_bhusan_pathak/ Internet Partner: Subisu

Category

Show more

Comments - 24