Duration 11:7

नाला भगवतीको शिलामा पसिना, अशुभ हुने संकेत

1 092 watched
0
24
Published 3 Jun 2020

काभ्रे जिल्लाको साविक काभ्रेको उग्रचण्डी नाला ४ हाल बनेपा नगरपालिका वडा नं ४ मा रहेको उग्रचण्डी भगवतीको शिलामा पसिना आएको छ । बुधबार विहान ७ बजेबाट भगवतीको शिलामा पसिना आएको मन्दिरका पुजारी रामेश्वर कर्मचार्यले बताए । २०७१ सालदेखि ५ बर्ष पछि शिलामा पसिना आएको हो । विक्रम संवद १९७७ सालमा तत्कालिन भत्तपुरका राजा श्रीजगज्योती मलले स्थापना गरेको उक्त मन्दिरको शिलामा पसिना आएको हो । नेपाल संवत् ७२१ मा नाला भगवतीको शरीरबाट रगत बगेको शिलामा उल्लेख छ । भगवतीको मूर्ति ११ सय वर्ष पुरानो हो । विहान ७ बजेको समयमा महिला रुएको आवज आएपछि हेर्न जाँदा पसिना आएको थाहा भएको मन्दिरका पुजारी कर्मचार्यले बताए । ‘महिला राएको आवज आएपछि स्थानीयहरूले कस्लाई के भयो भन्दै मन्दिर नजिकैको स्थनीय हरिगोपाल श्रेष्ठको घरमा बृद्धबृद्धा बुवा आमा भएकाले केही भयो की भनेर हेर्न गएको रहेछ, त्यहा कसैलाई केही नभएको भनेपछि मन्दिर तिर यताउता हेर्दा पनि कोही नदेखेपछि मन्दिर भित्र हेर्दा पसिना आएको स्थानीयले थाहा पाएर मलाई खबर गरेको रहेछ ।’ पुजारी कर्मचार्यले भने, ‘हामीले भित्र गएर हेर्दा पसिना आएको देख्यौँ । २०७१ साल कर्तिकमा पनि यसरी नै आवाज सहित पसिना आएको थियो ।’ भगवतीको शिलामा पसिना आएपछि अशुभ हुने स्थानीयको भनाई छ । २०७२ सालको महा विनासकारी भूकम्प आउनु भन्दा अगाडी पनि अहिलेको जस्तै महिला रुएको आवज सहित शिलामा पसिना आएको स्थानीय हरिगोपाल श्रेष्ठले जानकारी दिएका छन् । विभिन्न कालखण्डमा विपत्ति आउनु अगाडी भगवतीको शिलामा पसिना आउने गरेको उनले बताएका छन् । ‘नेपालमा भएको विभिन्न विपत्ती भन्दा अगाडी उग्रचण्डी भगवतीको शिलामा पसिना आउने गरेको छ । भूकम्प आउनु भन्दा अगाडी २०७१ साल कार्तिकमा पनि अहिले जस्तै गरी महिलाको आवाजसहित पसिना आएको थियो ।’ उनले भने, ‘अहिले पनि विहान ७ बजे पहिलाको जस्तै गरी महिलाको आवाजसहित पसिना आएको छ । के अस्टि हुने संकेत हो ।’ पहिला पहिला शिलामा पसिना आउँदा जात्रासहित क्षमा पुजा गरेको मन्दिरको पुजारी रामेश्वर कर्मचार्यले बताएका छन् । यसपालि कोरोनाका कारण जात्रा गर्न नसकेपनि क्षमा पुजा गर्ने कर्माचार्यले जानकारी दिए । स्थानीय सरकारको सहयोगमा क्षमा पुजा गर्नु पर्ने उनले बताए । ‘पहिला त हामीले अशुभ नहोस भनेर जात्रासहित क्षमा पुजा गरेका थियौँ । यसपालि कोरोनाको कारण जात्रा गर्न नसकेपनि क्षमा पुजा स्थानीय सरकारको समन्वयमा गर्नु पर्छ ।’ उनले भने, ‘पसिना पुछेको कपास यो भन्दा पहिले राष्ट्रप्रमुखलाई पु¥याउने गरेकोमा अहिले स्थानीय सरकारलाई बुझाउने छौँ ।’ कोरोनाको कारण लाकडाउन सँगै मन्दिरमा पुजापाठ बन्द गरेको थियो । भगवतीलाई पसिना आएको खबर सुनेपछि मन्दिरमा नाला, बनेपालगायत क्षेत्रबाट सयौं मानिसको भीड लागेको छ ।

Category

Show more

Comments - 0