Duration 1:13:3

जितिया - जितबाहनको कथा l Jitbahan's Story of Jitiya Festival l चितौने थारू भाषामा वाचित

25 141 watched
0
330
Published 9 Sep 2020

जितिया पर्व थारु महिलाहरुको एक विशेष सांस्कृतिक चाड हो । यो पर्व थारु बाहेक तराईमा बसोबास गर्ने मधेसी महिलाहरुले पनि धूमधामसंग मनाउँछन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाउने गरिन्छ । जितिया पर्वको अवसरमा ब्रतालुहरुले जितबाहनको कथा सुन्ने गर्दछन् । जितबाहनको कथा सुन्ने ठाउँमा सानो रुख खडा गरी सो रुखमा चीलको गुँड बनाइन्छ । त्यस रुखको चारैतिर ब्रतालु महिलाहरु फलफुल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन । गाउँका एक भद्र पुरुषले घण्टौं लगाएर जितिया ब्रत कथा सुनाउँछन् । यो कथा परापूर्वकालदेखि प्रत्येक बर्ष जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नै पर्ने हुन्छ । यसै सन्दर्भमा थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवनको पहल तथा माडी नगरपालिका वडा नं. ३ र ४ को सहयोगमा स्वदेश एफ.एम.ले जितबाहनको कथा वाचनको श्रव्यदृश्य तयार गरेको छ । बघौंडा गाउँस्थित शिव मन्दिर महिला समूहको सहभागितामा स्थानीय थारु अगुवा सुखीराम महतो र महादेव महतोद्वारा बिधीपूर्वक वाचित जितबाहनको कथाको भिडियो यहाँ पोष्ट गरेका छौं ।

Category

Show more

Comments - 7