Duration 4:47

युवा नेता शाहि द्वारा राष्ट्रिय मा.बि तारानगर क्वारेन्टाइनमा बस्दै अाएका नागरिक लाई खाजा बितरण

260 watched
0
3
Published 10 Jun 2020

युवा नेता शाहि द्वारा राष्ट्रिय मा. बि तारानगर क्वारेन्टाइन मा बस्दै अाएका नागरिक लाई खाजा बितरण राम बिश्वकर्मा कैलाली जेष्ठ २८ नेपाली जनसम्पर्क समिति बेंलाेर बेलेन्धुर शाखा अध्यक्ष एवम युवा नेता दिवश शाहि द्वारा कैलालीको घोडाघोडी नगरपालिकाले निमार्ण गरेको क्वारेन्टिनमा बसेकाहरुलाई खाजा वितरण गरीएको छ । वडा नम्बर ०८ मा रहेकाे राष्ट्रिय माध्यमिक बिधालय तारानगर क्वारेन्टाइन मा आश्रय लिईरहेका १४५ जनालाई अण्डा र चना वितरण गरीएको हो । युवा नेता दिवश शाहि काे नेतृत्व र विशाल बिक, पुष्ष बि क , बिनाेद शाहि , भरत जैसि, गणेश जनाला, मनिष बिक सहयाेग मा साे नास्ता बितरण गरिएको हाे । विश्व महामारी का रुपमा रहेकाे काेराना भाइरस ( काेभिड १९) का कारण भारतबाट अाएर क्वारेन्टाइन मा अाश्रय लिईरहेका व्यक्ति हरुलाइ सरकारमात्र नभई नागरिक ले अाफ्नाे दायित्व पूरा गर्नुपर्ने बताउदै सानो भएपनि सहयोग स्वरुप खाजा उपलब्ध गराएको नेपाली जनसम्पर्क समिति दक्षिण क्षेत्र भारत बेङलोर बेलेन्धुर शाखा अध्यक्ष शाहिले बताए । याे शंकटकाे घडीमा एक अर्काको आलोचना भन्दा पनि नागरिक र तिनै तहका सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने बताउदै शाहि ले सबै मिलेर याे महामारी नियन्त्रण मा सहयोग गर्न आग्रह समेत गरेका छन् । खाजा बितरण मा कार्यक्रम मा बाेल्दै राष्ट्रिय मावि तारानगर क्वारेन्टाइन संयाेजक अम्मर जैसीले यस्ताे बिपत्ति काे समयमा सबै अा- अाफ्नाे सहयाेग गर्नुपर्ने बताए। अाफु भारतमा रहेर पनि नेपाल र नेपाली प्रती काे माया र सदभावका लागि युवा नेता दिवश शाहिलाइ धन्यवाद व्यक्त गरेका छन । खाजा वितरणमा बिजय बुढा, हिमाल बढा , रबिन्द्र शाहि , बवि बिक , भरत सुनार , लाेकेन्द्र शाहि र (पत्रकार) राम बिश्वकर्मा लगायतका युवाहरुको सहभागीता रहेको थियो ।#rktvnepal#rambk

Category

Show more

Comments - 1